सन्तोष सेनको ‘प्रेमगीत–३’सँगै चैत २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘चपली हाइट–३’को टिजर सार्वजनिक भएको छ । त्यसोत, सन्तोष सेनको ‘प्रेमगीत-३’को टिजर पनि केही दिन अगाडि मात्रै रिलिज गरिएको थियो ।
‘प्रेमगीत-३’को सार्वजनिक टिजरले दर्शकहरुको राम्रो साथ पाइरहेको छ । यसैबीच अर्जुन कुमारको ‘चपली हाइट–३’को टिजरले पनि दर्शकहरुको राम्रो साथ पाउने आँकलन गरिएको छ ।
टिजरमा फिल्मका मुख्य कलाकारहरु स्वस्तिमा खड्का, अमिर गौतम, अर्पन थापा, सुपुष्पा भट्ट, प्रतिकमान श्रेष्ठ, लक्ष्मी बर्देवालगाएतलाई प्रस्तुत गरिएको छ । फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन्, भने आकाश बरालले लेखेका हुन् । फिल्ममा अष्ट महर्जनको एकशन रहेको छ, त्यस्तै दीर्घ खड्काको सम्पादन रहेको छ ।