शुक्रबार, फाल्गुण २३, २०७६ || 1101  पटक पढिएको

मोरङ जिल्ला दादुरा रुवेला तथा पोलियो विरुद्धको खोप अभियान प्रभावकारी वनेको छ । मोरङ सहित प्रदेश न १ को १४ वटै जिल्लामा दादुरा रुवेला तथा मोरङ, झापा तथा सुनसरी जिल्लामा पोलियो विरुद्ध खोप अभियाना संचालन हुुदै आएको छ । स्वास्थ्यका कार्यालय मोरङले अभियानवारे प्रचार प्रसारका तथा जनचेतना मुुलक कार्यक्रम गरेपछि गाउतथा वर्डा स्तरमा समेत अभियानको प्रभावकारीता वढेको हो ।
पहिलो चरणको दादुुरा रुवेला तथा पोलियो खोप अभियानमा मोरङ जिल्लामा ९५ प्रतिशतभन्दा वढि वालिवालिकाले खोपको प्रयोग गरेको स्वास्थ्य कार्यालय मोरङका प्रमुुख ज्ञानवहादुुर वस्नेतले वताउनुुभयो । पहिलो चरणमा फागुुन ६ गते देखी १४ गते सम्म अभियान संचालन भएको थियो ।
पहिलो चरणमा आठवटा स्थानियतहका ४१ हजार १ सय ७२ वालवालिकालाई दादुुरा रुवेला तथा पोलियो खोप लगाउन लक्ष्य कार्यालयको थियो । त्यसमध्ये ९५ प्रतिशतभन्दा वढि वालवालिकाले खोप लगाएको पाइएको छ ।
दोश्रो चरण अन्तर्गत महानगरपालिका सहित ९ वटा स्थानिय तहमा फागुुन १६ गते देखी अभियाना संचालन भइरहेको छ । यो अभियान फागुुन २४ गते सम्पन्न हुुने छ । दोश्रो चरणको अभियानमा ५१ हजार ६ सय ३३ जना वालवालिकालाई खोप लागाउने लक्ष्य कार्यालयको रहेको छ । दोश्रो चरणमा पनि ९५ प्रतिशत भन्दा माथी खोपको कभरेज हुुने कार्यालय प्रमुुख वस्नेतको भनाई छ । मोरङमा ९ सय खोपकेन्द्र संचालनमा ल्याइएको छ । ९ महिनादेखी पाचवर्ष उमेरका वालावलिकाले दादुुरा रुवेला तथा जन्मेदेखी पाचवर्षका वालवालिकालागी पोलियो थोपा ख्वाउने अभियान संचालनमा आएको हो ।
यसैगरी मोरङ र झापा जिल्लाका जन्मेदेखी ५ वर्ष मुनिका ३ लाख ५ हजार तिनसय वालवालिकालाई पोलियोथोपा ख्वाउने कार्यक्रम रहेको छ ।
सन् २०२३ भित्रमा नेपालबाट दादुरा रुवेला निरुपण भएको घोषणा गर्ने सरकारको तयारी छ । सन् २०२० भित्रमा घोषणा गर्ने लक्ष्य राखिएपनि पुरा नभएपछि सन् २०२३ भित्रमा दादुुरा रुवेल नियन्त्रण गर्ने सरकारी तयारी रहेको वस्नेतको भनाई छ । सन् २०१९ को तथ्याङ्क अनुसार प्रदेश नं. १ मा ३२ जनामा दादुरा भएको पाईएको थियो । मोरङमा मात्रै १३ जनामा दादुरा भएको तथ्याङ्कले देखाएको छ । मोरङको सुनवर्षी र रतुवामाईमा दादुराका विरामी फेला परेका थिए । सन् २०१९ को तथ्याङ्क अनुसार देशभरिका १ हजार ६ सय ४५ मा गरिएको परिक्षणमा ३ सय ६६ जनामा दादुरा भएको पाईएको थियो ।
पहिलो चरणमा कानेपोखरी, पथरीशनिश्चरे, रतुवामाई, कटहरी, धनपालथान, जहदा र रंगेलीमा दादुुरा रुवेला तथा पोलियोथोपा खुवाईने कार्यक्रम सम्पन्न भइसकेको छ । दोश्रो चरणमा विराटनगर महानगरपालिका सहित बुढीगंगा, ग्रामथान, बेलबारी, केराबारी, सुन्दरहरैचा, लेटाङ, उर्लाबारी र मिक्लाजुङमा पोलियो खोप अभियान संचालन भइरहेको छ ।
यसैगरि मोरङमा सम्पन्न हातिपाइले औषधि ख्वाउने अभियान समेत प्रभावकारी भएको स्वास्य कार्यालयका खोप अधिकृत रामानन्द यादवले वताउनुुभयो । अभियान अन्र्तगत यसपटक गतवर्षको भन्दा सहभागिता वढेको उहाको दावी छ । मोरङमा ९ लाख वढिलाई हातिपाइलेको औषधि ख्वाउने लक्ष्य कार्यालयको थियो । कति जनाले सेवन गरे भन्ने वारे स्थानियतहवाट संकलनगर्ने कार्य भइरहेको छ ।
यसैगरि सो कार्यालयले रोटरा भ्याक्सिन संचालन गर्ने तयारी समेत गरेको छ । झाडा पखाला विरुद्धको सो भ्याक्सिना आगामी जेठ महिनादेखी संचालनमा ल्याउने तयारी समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!