हिपमत डटकम

शनिबार, आश्विन १५, २०७९ || 85058  पटक पढिएको

लेटाङ्ग। लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलमा एक दिने वर्कसप अन स्टुडेन्ट्स ग्रोथ सम्पन्न भएको छ । शुक्रबार आयोजना भएको उक्त कार्यक्रममा टिन्सपिरेस्नल स्पिकर वैभव नहाटा र आईटिएसएनका निर्देशक तथा प्रविधि उद्यमी कमल प्रसाद साहले दुई फरक विषयमा कक्षा संचालन गर्नु भएको थियो ।

नहाटाले किशोरावस्था देखि नै आफु भित्र रहेको कलालाई कसरी चिन्न सकिन्छ भन्ने विषयमा कक्षा संचालन गर्नु भएको थियो भने साहले प्रविधिको प्रयोग गरेर कसरी सानै उमेरबाट आम्दानी गर्न सकिन्छ भन्ने विषयमा कक्षा संचालन गर्नु भएको थियो ।

लेटाङ्ग आवासियका नामले परिचित लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलका कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुका साथै विद्यालयका शिक्षक शिक्षिकाहरु सहभागी भएका थिए । कार्यक्रम शिक्षिका सपना तामाङ्ग र शिक्षक सुरज पौडेलले संयोजन गर्नु भएको थियो ।

‘विद्यार्थीहरुलाई पढाई मात्र होईन जीवनमा चाहिने अनेक पनि सीकाई पनि आवश्यक पर्दछ । यहि कुरालाई मध्यनजर गरेर विद्यालयमा यस्ता अनेक अतिरिक्त क्रियाकलाप तथा सिकाई आयोजना गर्ने गरेको छौं’ विद्यालयकि संयोजक मेलिसा निरौलालले कार्यक्रमको विषयमा जानकारी दिनु हुदै बताउनु भयो ।

सो अवसरमा विद्यालय संचालक धडकन कट्टेल र सरोज कार्कीको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!