हिपमत डटकम

शनिबार, आश्विन १५, २०७९ || 108682  पटक पढिएको

बिराटनगर । प्रदिप शाहीको निर्देशनमा बनि रहेको चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङमा चालिस प्रतिशत छायांकन पुरा भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’को केहि दिन अघि मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो ।

सांस्कृतिक तथा सामाजिक कथाबस्तु समेटिएको ‘अन्तिम संस्कार’को छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको चलचित्र युनिट मुस्ताङ पुगेका थिए । चलचित्र युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर काठमाडौं फर्किएको छ।

मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र ‘अन्तिम संस्कार’को छायांकन गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए । चलचित्रको निर्माता विनोद सुवेदी हुन् । झन्डै डेढ करोड लागत रहेको सो चलचित्रमा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन,
बिशाल पहारी, एवन राज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई,सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ । चलचित्रको छायांकन बाबु श्रेष्ठले गर्दैछन् । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रर्दशन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!