हिपमत डटकम

शनिबार, आश्विन १५, २०७९ || 2862  पटक पढिएको

विराटनगर। विराटनगर–३ स्थित हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाजले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

३२ औं ज्येष्ठ नागरिक दिवसको अवसरको अवसर पारेर समाजले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा समाजले विराटनगर–३ का ९० वर्षीय शिवप्रसाद उपाध्याय काफ्ले, बूढीगंगा–१ का छविलाल रेग्मी, विराटनगर–१ की ८८ वर्षीया हिमादेवी घिमिरे र वडा नम्बर ३ की ९० वर्षीया जगमाया कालाखेतीलाई सम्मान गरेको हो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष जिवेन्द्रराज घिमिरे, वरिष्ठ उपाध्यक्ष प्रकाश अधिकारीलगायतले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले ज्येष्ठ नागरिकका लागि महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले महानगरले ज्येष्ठ नागरिकको सहयोगका लागि सहायता कक्ष सञ्चालनमा ल्याइसकेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!