हिपमत डटकम

शनिबार, आश्विन १५, २०७९ || 12144  पटक पढिएको

विराटनगर । दिगो विकास इन्स्चिच्यूटसहितका १२ वटा संस्थाको आयोजनामा आज विराटनगरमा साइकल ¥याली निकालिएको छ ।

¥यालीको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नु भएको थियो ।

विराटनगरस्थित हिमालय रोडबाट सुरु भएको ¥यालीले महेन्द्रचोक, शनि मन्दिर, बिजुली अफिस, डिएसपी रोड, गोल्छाचोक, जिल्ला प्रशासन, हस्पिटल चोक, ट्राफिक चोक हुँदै रोडशेष चोक पुगेर पुनः हिमालय रोडमै आएर समापन भएको थियो ।

खनिजजन्य ऊर्जाको खपत कम गरी नविकरणीय ऊर्जाको खपत बढाउने उद्देश्यले ¥यालीको आयोजना गरेको आयोजकको भनाइ छ । ¥यालीले सचेतना फैलाउन मद्दत पुग्ने विश्वास लिएको आयोजकले बताएको छ ।

कार्यक्रममा मेयर कोइरालाले सबैले विद्युतीय सवारीको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्युतीय सवारीको दर्तामा महानगरले छुटको समेत व्यवस्था मिलाएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!