दिपक कुमार साह

शुक्रबार, आश्विन १४, २०७९ || 16919  पटक पढिएको

बिराटनगर। आगामी मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनको ब्यापक तयारीमा छिन् बिराटनगरकि आशा झा।

सामाजिक सेवा गर्दै आफ्नो पहिचान बनाएकी आशा यस पटक प्रदेश सभा सदस्यकोलागि चुनाबी मैदानमा छिन्। पटक पटक विभिन्न पार्टीले निर्दोष जनतालाई ठग्ने ,झुटो आशा देखाउने गरेको कारणले यस पटक आफुले स्वतन्त्र रुपमा मोरंग क्षेत्र न-५ (ख ) बाट उम्मेदवारी दिने तयारि गरेको हिपमत मिडियालाई बताईन्।

उनले भनिन् म स्वतन्त्र छु कुनै दलबाट उम्मेदवारी दिदिन ,म स्वतन्त्र भएर जनताको हितमा काम गर्नकोलागि आफ्नो उम्मेदवारी दिन लागेको छु। राजनीतिलाई पेशा होईन सेवा बनाएर निरन्तर जनताको हितमा काम गर्ने छु। जित हार आफ्नो स्थानमा छ तर यहाका स्थानिय जनताको आग्रहमा यस पटक म आफुलाई नै परिक्षा लिदै छु झाले भनिन्।

म पैसा खुवाएर ,दारु मासुको पार्टी दिएर आफ्नो पछाडी हजारौको भिड खडा गर्दिन बस ईमान्दार केहि व्यक्तिको समुह र समग्र क्षेत्रको जनताको साथ सहयोग रहयो भने अवश्य हामि हाम्रो गाउँ शहर परिवर्तन गर्न सक्छौ।

अहिले म गाउँ गाउँ गैर सम्पूर्ण जनताको राय सुझाव लिरहेको छु उँहाहरुले दिनु हेको शुझावा कै आधारमा मा आफ्नो चुनाबी घोषणा पत्र निर्माण गर्ने छु।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!