हिपमत डटकम

बिहिबार, आश्विन १३, २०७९ || 25293  पटक पढिएको
फ़ाईल तस्बिर

बिराटनगर। हसन अन्सारी कांग्रेसमा सक्रिय भएको पंचायतकालदेखि नै हो । बहुदल आएपछि उनी गिरिजाप्रसाद कोइराला, नोना कोइरालासित ज्यादै नै निकट रहेर काम गरे । गिरिजाप्रसाद कोइराला विराटनगर आउने वित्तिकै अन्सारीको खोजी हुन्थ्यो ।

कोइरालाले यतिधेरै विश्वास गरेका थिए अन्सारीलाई पोखरा महाधिवेशनमा ५ जना महाधिवेशन देशभरबाट मनोनीत गर्दा उनी परेका थिए । कोइरालाको निर्वाचन क्षेत्रमै धेरै समय वित्थ्यो अन्सारीको । कोइरालाको ‘किचन ब्याविनेट’ का सदस्य थिए उनी । हरेक बैठकमा उनी सहभागि हुन्थे, आफुलाई लागेको कुरा भन्थे । अन्सारीको अनुभव के छ भने कोइराला सबैको कुरा सुन्थे र, जुन असल सुझाव हुन्थ्यो त्यसलाई कार्यान्वयन गर्थे । कोइराला परिवारको हरेक कुरा उनलाई थाहा छ । निवासभित्र हुने कटुता, सुख दुःखको साथी हुन् अन्सारी । तर, कोइराला परिवारले अन्सारीलाई अवसर दिएन । अन्सारी पनि मागेनन् सायद । उनी कोइरालाको आदेश पालनामै रमाएको देखियो । मलाई यो पद चाहियो भनेर अन्सारीले शक्तिशाली गिरिजाप्रसाद कोइरालासित भनेनन् ।

कोइरालाको निधनपछि अन्सारी अमृत अर्यालसित निकट रहे । अर्यालकै पहलमा वैकल्पिक केन्द्रीय सदस्य बनाइए अन्सारी । मोरङ–५ लाई आधार बनाएर उनले राजनीति गरे । अर्यालले पार्टीको महाधिवेशनमा अन्सारीलाई केन्द्रीय सदस्य बनाउन धेरै नै पहल गरेका थिए । तर, शेरबहादुर देउवाले हुन्न भनेनन् कोटाको उम्मेदवारी फाल्दा नाम नै थिएन । कांग्रेसमा अन्सारीजस्ता धेरै नेता, कार्यकर्तालाई अवसरबाट बंचित गरिएको छ । अवसरबाट बंचित गरिएको सूची निकै लामो हुन्छ । आजको यो आलेखमा मैले अन्सारीलाई प्रतिनिधि पात्र मात्र बनाएको हुँ । यसमा मम् भनेर धेरैले भन्न सक्छन् ।

हरेक निर्वाचनमा चर्चामा आउने तर, अवसर भने नपाउने अन्सारी जस्ता नेता, कार्यकर्ता निकै पीडित छन् । कम्युनिष्ट पार्टीमा अन्सारी जस्ता धेरैले अवसर पाएका छन् । अवसरका लागि उनी कतै लागेनन्, कांग्रेस छाडेनन् ।अन्सारी कस्तो मनुवा हुन् ? उनकै शब्दमा हरेक पलमा रमाउने, अवसर पाउँदा पनि रमाउने नपाउँदा पनि रमाउने । एउटा खेलौना बिक्री गर्दा पसले खेलौना बिक्री भयो भनेर रमाउँछ अनि बच्चा खेलौना पाएर । अन्सारीका अनुसार म यस्तै विषयको एक पात्र हुँ । उनी भन्छन, ‘म अवसरका लागि मरिहत्ते गर्दिनँ, प्रयास गर्ने हो, उपलब्धी हात लाग्यो भने लाग्यो, लागेन भने त्यसैमा लिप्त हुने बानी छैन ।आउँदो निर्वाचनमा अन्सारीको नाम समानुपातिक कोटामा छैन । प्रत्यक्षतर्फ ५ बाट उनको नाम पनि सिफारिस भएको छ । ५ नं. क्षेत्र गठबन्धनले लग्ने निधो भइसकेको छ । यसपटक पनि अन्सारीलाई अवसर दिइने छाँट छैन । अन्सारीमा निरासा त छ तर, निरासामात्रै गरेर बसेका छैनन् ।

मैले उनको तस्वीर खिंच्दा मुहारमा कुनै पीडा थिएन । उनी मुस्कुराइरहेका थिए । जीवनमा पीडाबीच मुस्कुराउन सिक्नुपर्छ भन्ने सन्देश उनीबाट धेरैले सिक्न सक्छन् । अन्सारीलाई हेर्दा पनि अवसरबाट बंचित हुने अन्य धेरैले आफुलाई राहत महसुस गर्न सकून ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!