हिपमत डटकम

बिहिबार, आश्विन १३, २०७९ || 522  पटक पढिएको

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको न्यूरोले बिहिबार विराटनगरमा गु्रप कार्डियाक वर्कआउट गरेको हो ।

बिहिबार विहान लर्ड बुद्ध कलेज विराटनगरमा आयोजित गु्रप कार्डियाक वर्कआउटलाई द व्ययामशाला, इटहरीले समन्वय गरेको थियो । गु्रप कार्डियाक वर्कआउटमा नेपाल युवा उद्योगी मन्च विराटनगर, न्यूरो हेल्थ कलेज, लर्डबुद्ध कलेज, न्यूरो अस्पतालका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीहरू तथा सर्वसाधारणको सहभागीता रहेको थियो ।

गु्रप कार्डियाक वर्कआउट पछि आयोजित कार्यक्रममा बोल्दै विराटनगरस्थित न्यूरो हस्पिटलको कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठले शरीरको सबैभन्दा महत्वपूर्ण अंग मुटु रहेकोले यसलाई स्वस्थ राख्न खानपीन र शारिरक व्ययाममा ध्यान दिनुपर्नेमा सुझाब दिए । ‘मुटुलाई स्वस्थ्य राख्न सके सुखमय भएर जीवन समृद्ध हुन्छ ।

सबैजनाले आफ्नो मुटु स्वस्थ राख्दै आफू स्वस्थ्य बनौं । “प्रत्येक मुटुको लागी मुटु प्रयोग गर्ने प्रतिज्ञा गरौ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘आफ्नो शरीरमा कुनै समस्या आएको देखिए समयमै राम्रो अस्पताल छनौट गरी चिकित्सकसँग परामर्श गरेर उपचार गरौं । रोग बढ्न दिन हुँदैन । समयमै रोकथाम गरौं र मुटुलाई पनि स्वस्थ राखौं ।’ त्यसैले मुटुलाई स्वास्थ्य राख्नको लागि नियमित व्यायम र चेकजाँच र खानपिनमा परिवर्तन आवश्यक रहेको उनले बताए । ‘मासुजन्य, तारेको, भुटेको ,कार्बाेहाईड्रेड धेरै भएको खानेकुराहरु कम खाने, व्यायाममा जोड दिने । यस्ता कुरालाई ध्यान दिनुभयो भने मुटुमा लाग्ने धेरै रोगबाट बच्न सकिन्छ,’ डा. श्रेष्ठले भने ।

उतm अवसरमा न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका कार्यकारी निर्देशक श्रीमती अनिशा विष्ट, अपरेशनल डाइरेक्टर श्री राजेश भट्टराई , मेडिकल डाइरेक्टर डा. शैलजा क्षेत्री ९श्रेष्ठ० लगायतको उपस्थिती रहेको थियो ।

मुटु दिवशको अवसरमा सप्ताहव्यापी कार्यक्रम

मुटु दिवस २०२२ न्यूरो हस्पिटलले सप्ताहव्यापी कार्यक्रम गरि मनाएको छ । असोज ९ गते आइतबार , नेपाल युवा उधमी मन्च, बिराटनगर तथा तेरापंथ महिला मंडलसँगको सहकार्यमा बिराटनगर स्थित जैन भवनमा निशल्क मुटु जाँच तथा परामर्श गरेको थियो । त्यसैगरि असोज ९ गते देखि १४ गते सम्म अस्पतालमा मुटु सम्बन्धी निशुल्क ओपिडी सेवा तथा जाँचमा २५ प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!