कोरोना भाइरसबाट बच्न पूर्वसचेतना सहितका कार्यक्रम विराटनगर महानगरपालिकाले सार्वजनिक गरेको छ । महानगरले विहिवार पत्रकार सम्मेलन गरी पूर्वसचेतना जगाउने उदेश्यका साथ वडास्तरमा कार्यथालनी गरेको जानकारी दिएको छ । कोरोना भाइरसका विषयमा विज्ञसहितको टोली र वडाध्यक्षहरुलाई सचेतनामुलक परामर्श समेत दिएको छ ।

विराटनगर महानगर कार्यबाहक मेयर इन्दिरा कार्कीले सम्भावित खतरावाट जोगिन नगरवासीहरुलाई आग्रह गरेकी छन् । यसका लागि महानगरको स्वास्थ्य संयन्त्र परिचालन भइसकेको जानकारी दिइन् । पत्रकार सम्मेलनमा बोल्दै महानगरका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले महानगर क्षेत्रमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी गरिएको जानकारी दिए । कोरोना संक्रमण फैलन सक्ने अवस्थालाबई दृष्टिगत गर्दै होली नखेल्न, भिडभाडमा नजान, उत्सव, मेला, सम्मेलन नगर्न तथा कार्यक्रममा नजान समेत आम नगरवासीमा आग्रह गरिने बताए ।

यस्तै महानगरले नेपाल भारतको सिमाक्षेत्र रानीमा आबश्यक प्रबन्ध सहित हेल्पडेक्सलाई सक्रिय बनाइएको बताए । थप सामाग्री समेत डेक्सलाई महानगरले प्रदान गरेको छ । महानगरका तर्फवाट स्वास्थ्य तर्फबाट रमेश कार्कीलाई प्रबक्ता तोकिएको छ । कुनैपनि समस्या आए विराटनगर महानगरको स्वास्थ्यकेन्द्र या वडामार्फत जानकारी दिन आग्रह गरिएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय मोरङले समेत जिल्लावासीलाई होली (फगुवा पर्व) नखेल्न सूचित गरेको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलद्वारा जारी बिज्ञप्तीमा विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना भाइरसको संक्रमणको उच्च जोखिम क्षेत्रमा राखेकाले सतर्कता अपनाउन भनिए बमोजिम आम नागरिकमा अपिल गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!