बिहिबार, फाल्गुण २२, २०७६ || 823  पटक पढिएको

झापाको काँकडभिट्टा-६ भन्सार मुलगेट अगाडीबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका-४ का २७ बर्षीय निशान राई र झापा दमक-१ का २४ बर्षीय रोशन पोदार रहेका छन ।

आज अपरान्ह सवाँ ३ बजे को ९ प ३६३१ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई मोटरसाईकल चेकचाँच गर्ने क्रममा मोटरसाईकलको ट्याङकी भित्र प्लास्टिकमा पोको पारेर लुकाई छिपाई राखिएको अवस्थामा २६ ग्राम खैरो हिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाइ ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!