हिपमत डटकम

शुक्रबार, आश्विन ०७, २०७९ || 38140  पटक पढिएको

काठमाडौँ । ‘म्यानहन्ट नेपाल २०२२’ बिकल्प राज श्रेष्ठ फिलिपिन्स उडेका छन् । फिलिपिन्सको मनिलामा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता ‘म्यानहन्ट इन्टरनेशन २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रबार मध्यान्न त्यसतर्फ उठेका हुन् ।
श्रेष्ठलाई प्रतियोगीतामा ग्रुपअफ इभेन्ट इन्टरटेनसले पठाएको हो । इन्टरटेनसले श्रेष्ठलाई ‘म्यानहन्ट नेपाल २०२२’ को ताज सहित आधिकारिकता प्रदान गर्दै त्यसतर्फ पठाएको हो ।

इन्टरटेनस ‘म्यानहन्ट इन्टरनेशन’ मा नेपाली प्रतिनिधि पठाउने नेपालको आधिकारीक संस्था हो । यसले २००३ बाट यो प्रतियोगीतामा नियमित प्रतिनिधि पठाउँदै आएको ग्रुपअफ इभेन्ट इन्टरटेनस सिइयो अनुप सेक्सनाले बताए ।

४० बिभिन्न राष्ट्रका प्रतिनिधिले सहभागीता जनाउने प्रतियोगीता श्रेष्ठ नेपालको एक्लो सहभागी हुन् । बिषेश गरेर मोडलिङ बिधालाई फोकस गर्ने ‘म्यानहन्ट इन्टरनेशन’ ले यसपटक सुपर मोडल भनेर विजेता छान्दैछ । यो पुरुषहरु सहभागीता रहने प्रतिस्ठित अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता पनि हो ।

यस अगाडि नेपालबाट यो प्रतियोगीतामा प्रशान्त ताम्राकार, अनुप बिक्रम शाही लगायतले समेत सहभागीता जनाएका थिए । २०१७ मा मिस्टर कलेज चितवन जितेका बिकल्पले २०१८ मा मिष्टर नेपालको उपाधि हात पारेका थिए ।
प्रतियोगीतामा बिकल्पलाई भोट पनि गर्न सकिने छ । त्यसका लागि तलको लिङबाट भोट गर्न सकिनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!