बिहिबार, फाल्गुण २२, २०७६ || 869  पटक पढिएको

नसा रोगबाट थलिएका मोरङको उर्लाबारी–७ का ५५ बर्षीय लालबहादुर राई (राई दाई) को उपचारमा सहयोग जुटेको छ ।
आर्थिक अभावका कारण उपचार नपाएका राईलाई झापाको धुलाबारी घर भई हाल क्यान्डामा रहनु भएकी रेनु राईको नेतृत्वमा उपचारका लागि ४६ हजार ५ सय ७५ रुपैयाँ पठाउनु भएको छ । उहाँले सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतमार्फत सो रकम पठाउनु भएको हो । उक्त रकम बिहीबार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
रेनुसहित क्यान्डामा रहनु भएका जुनु राई, राज पौडेल, भीमा बराईली, लधिटी शेर्पा, लिला राई, कौशिला सुब्बा, कमला राई, मुना रेग्मी, ज्योति ढकाल, सलिना अर्याल र सुसन ठकुरीले उक्त रकम संकलन गरेका थिए । आर्थिक अभावका कारण उपचार नभएको खबर थाहा पाएपछि उपचारमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरेको अभियानकर्मी रेनु राईले जानकारी दिनुभयो ।
त्यस्तै, राईको उपचारका लागि बिहीबार रंगेली नगरपालिकाका भीमबहादुर श्रेष्ठले ५ हजार १ सय रुपैयाँ र बुढीगंगा गाउँपालिकाका सन्तोष लिम्बूले ३ हजार रुपैयाँ सहयोग गर्नु भएको छ । उहाँहरु दुबैले पीडित परिवारलाई सहयोग हस्तान्तरण गर्नुभयो । त्यस्तै, यसअघि उर्लाबारीका युवा व्यवसायी प्रकाश रोक्काले नगद ५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।
पीडितको हाल नसामा समस्याका कारण हात खुट्टा नचल्ने अवस्थामा पुगेको छ । जनमन गरी परिवार पाल्दै आएका राई दाई यतिबेला आफै थला पर्नुभएको छ । उहाँलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लैजाने बिषयमा छलफलसमेत भइरहेको छ । बर्षौदेखि अरुको जग्गामा बस्दै आएका राई परिवारलाई जग्गाधनीले हटाएपछि आफन्तको शरणमा पुगेका थिए । राई परिवारको आर्थिक अवस्था ज्यादै नाजुक रहेकाले देशविदेशमा रहनु भएका सहयोगी महानुभावलाई सकेको सहयोग गर्न स्थानीय नवराज कटुवालले अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!