हिपमत डटकम

शुक्रबार, आश्विन ०७, २०७९ || 30488  पटक पढिएको

बिराटनगर। कुनै पदमा नबस्ने, नउठ्ने घोषणाबाट पछि हटेका थिए नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा । पार्टीका उम्मेदवार विजय गराउन खटिने भन्दै उनले झापा, मोरङमा आयोजित कार्यक्रममा कतै नबस्ने निर्णय गरेका थिए । तर, कांग्रेसले पठाएको बन्द सूचीमा उनको नाम समावेश छ ।

हामीलाई प्राप्त भएको कांग्रेसबाट निर्वाचन आयोग पठाइएको विवरणअनुसार थापालाई खस-आर्य कोटाबाट सिफारिस गरिएको छ । यो क्षेत्रबाट थापासहित बिदुर बस्नेत, गोपाल थापा, केदार बाँस्कोटा र जनक थापाको नाम पठाइएको छ । थारु महिलामा नेकां प्रदेश सह–महामन्त्री प्रमिला गच्छदार र महाधिवेशन प्रतिनिधि सूची चौधरीको नाम सिफारिस गरिएको छ । दुबै फोरम लोकतान्त्रिकबाट कांग्रेस आएका हुन् । मधेसी महिलामा लक्कीदेवी गणेश, ललितादेवी साह, मधेसी पुरुषमा हरि मेहताको नाम सिफारिस भएको छ । आदिबासी महिलातर्फ मैयादेवी लावती, गीता गुरुङ, शोभा पालुवाङ, डोल्मा तामाङ, लीलाकुमारी राई, ममता तामाङ, शीला इजम, कमला राईको नाम सिफारिस भएको छ ।

दलित महिलाबाट पम्फा विक, कृष्णकुमारी विक, मुस्लिमबाट फरिदा खातुन, आदिबासी पुरुषतर्फ देवराज लिम्बू, मोहन मानन्धर, टेकबहादुर साँवा, विजय राई, संजय प्रधान, चन्द्र लिम्बू, प्रेम छिरिङ, दलित पुरुषतर्फ रोहित विश्वकर्मा, गोविन्द दर्नाल छन् । महिलातर्फ बन्दना भण्डारी, संगम तिमिल्सिना, कमला प्रधान, रञ्जु उपाध्याय, उमा श्रेष्ठको नाम सिफारिस भएको छ ।

‘यो नै अन्तिम सूची होइन र, यसमा केही नाम फेरबदल हुनेछ’ कांग्रेस केन्द्रीय कार्यालय सूत्रले भन्यो । प्रदेश नं. १ मा कांग्रेसले पाएको मत हेर्दा बढीमा १५ जना समानुपातिक सांसद हुनसक्छन् । यसमा जात, लिङ्ग मिलाउनुपर्ने भएकाले अहिले नै को पर्छन वा सूचिकृत भएर फाइनल हुन्छन् भन्न नसकिने कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

त्यसो त सिफारिसमा डा. शेखर कोइराला पक्षले अर्कै नाम पठाएको छ । आयोगमा पठाइएको नामहरूमा संस्थापन पक्ष बलियो छ ।
यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!