हिपमत डटकम

बिहिबार, आश्विन ०६, २०७९ || 6024  पटक पढिएको

पथरी । पथरीशनिश्चरे ७ मायालुचौक निवासी क्यानसर पिडित ४५ वर्षका पञ्चकुमार राई (जीतन बाहिङ राई) लाई बचाउन आफन्तले अपिल गरेको छ । ३ जना छारीको बाबु राईलाई मलद्धवारमा क्यानसर भएको २ हप्ता अगाडी पूर्वाअञ्चल क्यानसर अस्पताल बिर्तामोडमा पहिचान भए पछि हाल उपचारको लागी सहयोको अपिल गरेको हो ।

निर्माण मजदुरी गरेर जिविकोपार्जन गरिरहेका उनलाई थप उपचारको लागी भरतपुर क्यानसर अस्पताल चितवनमा लानु पर्ने भएको सहयोगको अपिल गरेको जीतन राई बचाउ अभियानका संयोजक बिनोद बान्तावाले बताए ।

क्यानसर पिडित राईको आर्थिक अवस्था कमजोर भएकोले स्थानियबासीले सहयोग रकम संकलन अभियाननै चलाएको बताउदै मंगलवार बेलुकासम्मा करिब करिब ५५ हजार रुपैयाँ संकलन भएकोले संयोजक बान्तावाले बताए ।

राईलाई थप उपचारको लागी असोज ५ गते बुधवार भरतपुर लगिने बताउदै इच्छुक ब्यत्तीले पिडित राईकै मोवाइल नम्बर ९८१४३१०७८२ र अभियानका संयोजक बान्तावाको मोवाइल ९८०३४६४४२६ नम्बरमा सम्र्पक गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!