धनुषा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धनुषाधाम उप–शाखाले एक कार्यक्रम बिच मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ ।

जिल्ला धनुषा हनसपुर नगरपालिका वडा नं.०७ निबासी श्रीमती रीना देवी मंडलको श्रीमान एबम यस कम्पनीका बिमित हरीलाल मंडलको बैदेशिक रोजगारको क्रममा मृत्यु भएकोले निजकी श्रीमती रीना देवी मंडललाई कार्यालयमा एक कार्यक्रम आयोजना गरि ५ लाख ५८ हजार बराबरको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मधेश प्रदेश(क) प्रमुख दशरथ झाले चेक हस्तान्तरण गर्नुभयो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मधेश प्रदेश(क) प्रमुख दशरथ झाले भने कम्पनीले यसअघिका बीमा दाबीहरुमा पनि बीमितको हकदारले कागजात पेश गरेको छोटो समयमा नै रकम भुक्तानी गर्ने गरेको छ ।

साथै प्रमुख झाले उक्त कार्यक्रममा बीमामाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानब जिबन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भबिस्य निश्चित गर्नको लागि बीमा अतिनै आवश्यक रहेको र भबिस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थितहरुलाई बीमा गर्नुपर्ने धारणा ब्यक्त गरे ।

मृतकको ७ वर्ष अगाडी जीवन साहारा बीमा योजना ४ लाखको बिमा,बार्षिक रु ३१ हजार ६ सय ३२ रुपैयाँ र जम्मा गर्ने गरि ७ किस्ता कुल रु २ लाख २१ हजार ४ सय २४ रुपैया यस कम्पनीमा जम्मा गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धनुषाधाम उप–शाखा प्रमुख चन्द्रकान्त झाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!