हिपमत डटकम

बुधबार, आश्विन ०५, २०७९ || 25455  पटक पढिएको

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले गैर संबैधानिक तरिकाले नागरिकता बिधेयकमा राजनीति निर्णय लिएको बिरोधमा मोरङको बिराटनगरमा आज जनता समाजवादी पार्टि नेपालले टायर बालेर बिरोध प्रदर्शन गरेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्दै राजीनामा समेत मागेको छ।

उक्त कदमप्रति जनता समाजवादी पार्टी नेपालले विरोध गर्दै विराटनगर नगर समितिले बीच बजारमा रहेको पंचमुखी हनुमान मन्दिर अगाडी राष्ट्रिपतिको चर्को विरोध गरेको हो ।

राष्ट्रिपतिको पुतला दहन गरी रहेकोमा प्रहरीले पानीहाले आगो निभएका थिए । राष्ट्रिपतिले राजीनामा नदिए अझ कडा आन्दोलन गर्ने र मंसिर ४ गते हुने निर्वाचनमा भाग समेत नलिने चेतावनी नेताहरुले दिएका छन् ।

सो विराध कार्यक्रमलाई सम्बोधन गर्दे जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष राजकुमार यादवले राष्ट्रपतिले वहुमतवाट पारीत नागरिकता विधेयकलाई प्रमाणि करण नगर्नु भनेको नेपाली जनताको राष्ट्रपति नभएर एमाले पार्टीको राष्टपति भएको भन्दै विरोध गरेका थिए । बिरोध कार्यक्रमामा केन्दिय सदस्यहरुको समेत उपस्थिति रहेको माहानगर समितिका उपाध्याक्ष मोहम्मद नसरुले हिपमत मिडियालाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!