हिजो र आज झापा,ईलाम र मोरङका तिन स्थानमा आगलागी हुदा घर,अन्नपात तथा धनमाल जलि नष्ट हुदा ७१ लाख ८० हजार बराबरको क्षति भएको छ । हिजो साझँ साढे ६ बजे ईलाम फाकफोकथुम गाउँपालिका-६ फुस्रे स्थितमा रहेको तिनजुरे बोर्डिङ स्कुलको छात्राबासको २ तले घरमा बिधुत सर्ट भई आगलागी हुदा घर पुर्ण रुपमा जलेको साथै घर भित्र रहेको नगद २ लाख ,५ तोला सुन, TV २ थान, ल्याप्टप ४ थान कम्प्युटर २ थान लगायतका सामानहरु जलेर नष्ट हुदा ४४ लाख ८० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
यसै गरी झापा कमल गाउँपालिका-५ मंगलबारे बजामा रहेको शेर बहादुर लिम्बुको घरमा ग्यास पड्की आगलागी हुदा घर तथा घर भित्र रहेको लत्ता कपडा ,भाडाकुडा लगायतका सामानहरु जलि नष्ट हुदा २० लाख बराबरको क्षती भएको छ ।
यस्तै मोरङ बेलबारी-११ भाङबारी बस्ने नर बहादुर तामङको घरमा बिधुत सर्टभई आगलागी हुदा अन्नपात,फर्निचर लगायतका सामानहरु जलि नष्ट हुदा ७ लाख बराबरको क्षती भएको छ ।