हिपमत डटकम

बुधबार, आश्विन ०५, २०७९ || 20412  पटक पढिएको

काठमाडौं। राजनीतिक दल यतिवेला आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको तयारीमा जुटेका छन् । यसपकटकको निर्वाचन स्वतन्त्र व्यक्तिहरुले पनि चुनाव लड्नेगरि तयारी थालेका छन् । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले उम्मेदवार चयन प्रक्रियालाई अघि बढाएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार हिजो दलले प्रतिनिधिसभा र प्रदेशसमा समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन् ।

ठूला दलका कतिपय शीर्ष नेताहरु पनि समानुपातिकमा बसेका छन् । यसपटकको निर्वाचनमा धेरै सिटमा महिलाले प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका छन् । कांग्रेसबाट यसअघि चुनाव लड्ने तयारी गरेकी नेतृ डा. आरजु राणा भने समानुपातिकमा बसेकी छिन् । पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला भने यसपटक प्रत्यक्षमा नै चुनाव लड्नेगरि अघि बढेकी छिन् । उनी मोरङ–२ बाट चुनाव लड्ने भएकी छिन् । पार्टीले उनको नाम सिफारिश गरेको छ ।

तर, सो क्षेत्रबाट यसअघि डा. मिनेन्द्र रिजाल विजयी भएका थिए । उनको पनि नाम सोही क्षेत्रबाट सिफारिश भएको छ । रिजाल डा. शेखर कोइराला समूहमा छन् । सुजाता भने यतिवेला सभापति शेरबहादुर देउवासँग नजिक छिन् । हिजोमात्रै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले नेताहरु शशांक कोइराला र शेखर कोइरालालाई राखेर सुजातालाई अघि बढाउने प्रस्ताव गरेका थिए । त्यसमा शशांकले हुन्छ भन्ने जवाफ दिएका थिए । शेखरले भने मिनेन्द्रको पनि व्यवस्थापनको कुरा उठाउँदै सुजाता चुनाव उठे सघाउने वचन दिएको स्रोतको दाबी छ । शीर्ष नेताहरुबीच सहमतिका साथ अघि बढ्ने र कांग्रेसलाई देशव्यापी रुपमा विजयी गराउनेबारे समझदारी बनेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!