सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. – ४ कनकपुरका घुरन रामका छोरा २३ बर्षिय गोपीलाल रामले लोकसेवा आयोगको पाँचौ तहमा नाम निकालेका छन । गरिब परिबारका राम बितेको सोमबार बारा जिल्लाको फेटा गाउँपालिकाका लागी लोकसेवा आयोगबाट सव ओभरसियर पदमा सिफारिस भएको हो ।

तिन दाजु भाईमा आफु माईलो रहेको जेठे दाई बिदेश गएको , कान्छो १० मा अध्ययन गरिरहेको रामले बताए । बुवा सामान्य साक्षर र आमा निरक्षर रहेको जग्गा जमिन पनी खासै नरहेको उनले भने । आर्थिक अबस्था कमजोर भएको राम ८ कक्षा सम्म आफनो पढाई कमजोर रहेको भन्दै उनले भने कक्षा ९ र १० मा म मेहनत गरेर लहानको जिबिस स्कुलमा पढे ।, ‘एसएलसी उत्तिर्ण गरेर लहान टेक्निकल बाट सब ओभरसियर पढेर नाम निकालेका छन ।

प्राबिधिक शिक्षालयमा पढदा प्रथम र दृत्य हुदै आएको थिए , एकै पटकमा प्राबिधिक शिक्षालयको पढाई पुरा गरेको उनले बताए । संघर्ष गर्याे भने जस्तोसुकै समाजमा हुर्के पनी सफलता हासिल गर्न सकिन्छ ।, म गाउँबाट नै पढन जान्थे हाम्रो दलित समाजको बाताबरण थहै छ अधिकांश रातीमा रक्सी खाने हो– हल्ला गर्ने , त्यस्ता समाजमा बसेर पनि मेहनत गर्याे भने नाम निकाल्न सकिन्छ उनले भने ।

यसैबिच सुरुङ्गा नगरपालकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश दहालले स्थानिय नगरबासी भएकोले उनलाई बधाई तथा शुभकामना दिएका छन । पढने बिधार्थीलाई गरिबी र जस्तोसुकै समाजले छेक्न र रोक्न सक्दैन भन्ने उदाहरणीय गोपीलाल बनेको दहालले बताए । कार्यक्षेत्रमा काम गर्न जाँदा ईमान्दारीका साथ सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन, काम काज गर्न उनले शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!