हिपमत डटकम

सोमबार, आश्विन ०३, २०७९ || 345  पटक पढिएको

दाङ जिल्लाको लमही नगरपालिका-९ अमिलिया चोकबाट ६ केजी ३ सय ६० ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित घोराही उपमहानगरपालिका-१३ डुमरगाउँ बस्ने ४० वर्षीया सुशिला गिरीसमेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । घोराहीबाट भारतको दिल्लीतर्फ जाँदै गरेको ना.७ ख ९०५ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी दाङकै गढवा गाउँपालिका-१ कालाकाटेबाट करिब १ सय ४४ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित कपिलवस्तु ओदारी गाउँपालिका-९ बस्ने १८ वर्षीय किशोर लगायत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका-१३ तेलिबारी फुलबासा चोकबाट १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, १ थान डिजिटल तराजु र नगद ३ लाख ५३ हजार ५ सय रुपैयाँ सहित सोही ठाउँ बस्ने ४३ वर्षीया भारती राजवंशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी धादिङ जिल्लाको गल्छी गाउँपालिका-४ मासटारस्थित प्रतिक्षालयबाट करिब ३५ केजी अवैध लागूऔषध गाँजासहित गजुरी गाउँपालिका-८ किरानचोक बस्ने ४८ वर्षीय गणेश लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!