बिहिबार, फाल्गुण २२, २०७६ || 910  पटक पढिएको

म्यानचेस्टर सिटी र लेस्टर सिटी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । टोट्टनहाम भने प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड वेनस्डेलाई १–० गोलले हरायो । अर्को खेलमा लेस्टरले पनि बर्मिङहमलाई समान १–० गोलले स्तब्ध बनायो । टोट्टनहाम नर्विच सिटीसँग टाईब्रेकरमा ३–२ गोलल पराजित भयो । कठिन जित निकाल्ने क्रममा सिटीका लागि सर्जियो अगुएरोले निर्णायक गोल गरे । सर्जियोले ५३औं मिनेटमा गोल गरेका थिए ।

यसैगरी अर्काे खेलमा लेस्टरलाई जिताउन रिकार्डाे पेरेराले ८२औं मिनेटमा निर्णायक गोल गरेका थिए । टोट्टनहाम र नर्विचबीचको निर्धारित समयको खेल बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । निधाृीरत समयमा टोट्टनहामका जान भर्टङहेनले १३औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ७८औं मिनेटमा नर्विचका जोसिप डिर्मिकले बराबरी गोल फर्काए ।

टाईब्रेकरमा टोट्टनहामका इरिक डिएर र जियोभानी लो सेल्सोले मात्रै गोल गरे । इरिक लमेला, ट्रोए पारोट र गेड्सन फर्नान्डेले पेनाल्टी मिस गरेका थिए । नर्विचका एडम उचे इडाह, मार्काे स्टेपेरमान र टोड क्यान्टवेलले गोल गरेका थिए । केनी म्याक्लिन भने चुकेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!