हिपमत डटकम

आइतबार, आश्विन ०२, २०७९ || 836  पटक पढिएको

आसन्न निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूचीबारे नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा छलफल भएको छ ।

आइतबार बिहान केन्द्रीय कार्यालय परिसडाँडामा बसेको पदाधिकारीको बैठकले यसबारे छलफल गरेको हो ।

उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्रीय कार्यालयले तयार पारेको प्रारम्भिक सूचीमाथि आजको बैठकमा छलफल भएको तर नटुंगिएको जानकारी दिए । उनका अनुसार सूची टुंग्याउन भोलि बिहान ७ बजे फेरि पदाधिकारीको बैठक बोलाइएको छ ।

निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज ३ गतेसम्मको समय दिएको छ । आयोगमा संविधानले व्यवस्था गरे अनुसारको क्लस्टर मिलाएर ११० जनाको सूची पेस गर्नुपर्छ ।

पोखरेलका अनुसार माओवादीले यसअघि समानुपातिकबाट सांसद भइसकेका, हाल प्रत्यक्षका लागि सिफारिस भएका र हालै सम्पन्न स्थानीय तहको निर्वाचन लडेकालाई समानुपातिक सूचीमा नराख्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!