हिपमत डटकम

शनिबार, आश्विन ०१, २०७९ || 1603  पटक पढिएको

ब्रिटिस संसदको तल्लो सदनका सभामुखले चिनियाँ प्रतिनिधिलाई दिवंगत रानीको दर्शन गर्नबाट रोकेका छन् । सेप्टेम्बर ८ मा बितेकी एलिजाबेथ द्वितियको शव अहिले दर्शनका लागि ब्रिटिस संसदभित्रको वेस्टमिनिस्टर हलमा राखिएको छ ।

 

चिनियाँ प्रतिनिधिलाई रोकिएको भएपनि अन्त्येष्टिमा सहभागी हुन आउँदै गरेका चीनका उप–राष्ट्रपतिलाई भने नरोकिने जानकारी गराइएको छ । चीनले बेलायतका सात सांसदलाई झुट र गलत सूचना फैलाएको भनेर प्रतिबन्ध लगाएको विरोध चिनियाँ प्रतिनिधिलाई संसद भवनमा प्रवेश गर्न नदिइएको सभामुख कार्यालयले बताएको छ ।

रानीको कफिन राखिएको वेस्ट मिनिस्टर हल तल्लो सदनका सभामुख लिण्ड्से होइलको जिम्मेवारीमा रहेकाले उनले स्वतन्त्र रुपमा यो निर्णय गरेको सभामुख कार्यालयले जानकारी दिएको छ । सभामुख कार्यालयले सुरुमा चिनियाँ प्रतिनिधिलाई रोक लगाउनुको कारण बताउन अस्वीकार गर्दै सुरक्षा मुद्दा मात्र भनेर पन्छिएको थियो ।

एक वर्षअघि पनि बेलायतका लागि चिनियाँ राजदूत झेङ जेगुयाङलाई पनि संसद भवन अर्थात प्यालेस अफ बेस्ट मिनिस्टर प्रवेश गर्न दिइएको थिएन । सन् २०२१ मार्चमा संयुक्त अधिराज्यले सिन्जियान क्षेत्रमा मानव अधिकार उल्लघंन भएको भन्दै चार चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाएको थियो । जवाफमा चीनले पनि सात सांसद र केही प्राज्ञमाथि प्रतिबन्ध लगायो ।

त्यही घटनासँग जोडेर बेलायतले अघिल्लो वर्ष चिनियाँ राजदूत र अहिले चिनियाँ प्रतिनिधिलाई संसद प्रवेश रोकेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!