हिपमत डटकम

शनिबार, आश्विन ०१, २०७९ || 1688  पटक पढिएको

यो सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्य घटेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा घटेर छापावाल सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा आइपुगेको छ ।

शुक्रबारको तुलनामा आइतबार स्थिर रहेको सुनको भाउ त्यसयता सबै कारोबार दिनमा घटेको छ । सोमबार तोलामा ३००, मंगलबार १०० र बुधबार ७०० ले घटेको थियो । यस्तै, बिहीबार तोलामा ३०० र शुक्रबार प्रतितोला १०० रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो । जुन, एक सातामा २० रुपैयाँ प्रतितोलाले बढ्दै ११ सय ७० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!