बिहिबार, फाल्गुण २२, २०७६ || 972  पटक पढिएको

प्रतिपक्षी दलका एक सांसदले टर्कीका राष्ट्रपति रेसेप तायीप एर्डोगानको आलोचना गरेपछि टर्कीको संसदमै बुधबार सांसदहरुबीच कुटाकुट भएको छ । एर्डोगानले सिरियामा मारिएका टर्कीका सैनिकको अपमान गरेको भन्दै ती सांसदले आलोचना गरेका थिए ।

त्यसपछि सुरु भएको झगडामा एक दर्जनभन्दा बढी सांसदहरु संलग्न भएका थिए । जारी भएको भिडियो फुटेजमा सांसदहरु टेबलको माथि चढेर एकअर्कामाथि मुक्का बर्साइरहेको देखिन्छ । झडपका क्रममा केही सांसद भुइँमा नै लड्न पुगेका थिए ।

प्रतिपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी) का सांसद एन्जिन ओज्ककले गत हप्ता सिरियाको इडलिबमा मारिएका टर्कीका सैनिकको राष्ट्रपतिले अपमान गरेको बताएका थिए । ओज्ककले एर्डोगानलाई ‘बेइमान, अज्ञानी, नीच र विश्वासघाती’ भनेका थिए ।

उनले राष्ट्रपतिमाथि टर्कीका जनताका छोराछोरीलाई युद्धमा भाग लिन बाध्य बनाएको र आफ्नो सन्तानलाई सैन्य सेवाबाट बचाएको पनि आरोप लगाए ।

यसअघि, एर्डोगानले सिरियामा टर्की सेनाको सहभागितालाई लिएर विपक्षी दलले प्रश्न उठाएको भन्दै त्यसको आलोचना गरेका थिए ।

सिरियामा गरिएको पछिल्लो सैन्य कारवाहीमा टर्कीका ५९ सेनाले ज्यान गुमाइसकेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!