अबैध रुपमा वनकाे रुख काटेर बेच्ने गिराेह पक्राउ परेकाे छ । माेरङकाे रंगेली नगरपालिका ७ स्थित चिस्याङ खाेलाकाे बगरमा रहेकाे वन बाट अबैध रुपमा सिमल काे रुखकाे काटेर बिक्री का लागि लैजाने क्रममा वन काे मुख्य बाटाे बाट प्रहरीले ट्याक्टर चालक र ट्याक्टर धनी लाई समेत प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी ले को १ त ७१६६ नम्वरको ट्याक्टरमा लोड गरी अवैध रुपमा ७ फिट लम्वाई भएको ६ थान गोलिया काठ ट्याक्टरमा लोड गरी ल्याउदै गरेको अवस्थामा पक्राउ गर्ने सफल भएको छ ।
ट्याक्टर चालक जिल्ला मोरङ रंगेली नगरपालीका ८ वस्ने वर्ष ४० को मुकेश सिंह र ट्याक्टर धनि रंगेली नगरपालिका ७ वस्ने वर्ष ४० को सन्तोष साह लाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय विराटनगर मोरङमा बुझाउन पठाएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक शैलेश न्याैपाने ले बताए ।