अमेरिकामा नाभेन कोरोना भाइरसका १ सय ५८ संक्रमित पुष्टि भएको अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का साथै स्थानीय सरकारले जानकारी दिएको छ ।

सिडिसीका अनुसार स्वदेश फिर्ता भएका ४९ नागरिक कोरोनाद्वारा संक्रमित छन् । यसका साथै अमेरिकाका १४ राज्यमा १ सय ९ संक्रमित देखिएका छन् ।

यससँगै अमेरिकामा कोरोनाका १ सय ५८ संक्रमित भेटिएका छन् ।

क्यालिफोनिर्याका गभर्नरद्वारा संकटकालको घोषणाः

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले कोरोनाभाइरसको बढ्दो स्थितीका कारण आफ्नो राज्यमा संकटकालको घोषणा गरेका छन् ।

कोरोना भाइरस क्यालिफोनिया राज्यमा थप नबढोस् भनेर संकटकालको घोषणा गरिएको बताइएको छ ।

न्यूसमका अनुसार क्यालिफोर्नियामा अहिले ९ हजार ४ सय लाई निगरानीमा राखिएको थियो । यसअघि ८ हजार ४ सय जनालाई निगरानीमा राखिएको बताइएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!