हिपमत डटकम

बिहिबार, भाद्र ३०, २०७९ || 9721  पटक पढिएको

मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनका अध्यक्ष दीपक मलहोत्राले मोबाइल फोनको आयात तत्काल खोल्नुपर्ने बताएका छन् । बिहीवार मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टमको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष मलहोत्राले सरकारले हचुवाको भरमा मोबाइल फोन आयात रोकेको आरोप लगाएका हुन् ।

उनले मोबाइल फोन आयात बन्द हुँदा बजारमा मोबाइल आयातमा ठुलो विकृति बढेको बताए । अध्यक्ष मलहोत्राले नेपालमा ५० प्रतिशत भन्दा बढी मोबाइल फोनहरू चोरी पैठारीबाट नेपाल भित्रिने गरेको दाबी गरे । धेरै लामो समयको प्रयासपछि मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस सुरु भएकाले आजदेखि अवैध रूपमा भित्र्याएका मोबाइल फोनहरू बन्द हुने बताए ।

उनले नेपालमा वार्षिक ५५ अर्ब भन्दा बढीको आयात हुने भए पनि यो वर्ष २७ अर्ब रुपैयाँको मोबाइल फोन आयात हुने जानकारी दिए । उनले वैधानिक रूपमा मोबाइल आयात बन्द गर्दा अवैध रूपमा नेपाल आयात २८ अर्बको हुने दाबी गरे । अध्यक्ष मलहोत्राले सरकारलाई मोबाइल फोन आयात गर्दा २५ प्रतिशत अर्थात् ७ अर्ब रुपैयाँ बराबरको राजश्व गुम्ने बताए । नेपालमा ७० प्रतिशत वैधानिक रूपमा र ३० प्रतिशत अवैध रूपमा मोबाइल फोन आयात हुने गरेको जिकिर गरे ।

उनले मोबाइल फोन आयात खोल्नको लागि सरकारलाई बारम्बार ध्यानाकर्षण गर्दा समेत व्यवसायीहरूको कुरा नसुनेको बताए । उनले अवैध रूपमा नेपालमा आयात भएका मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू भएको उपलक्ष्यमा मोबाइल व्यवसायीहरूले एक दिन दीपावली बनाउने घोषणा गरे ।

चार वर्षको लामो समयको प्रयासपछि सरकारले बिहीबारदेखि अवैध रूपमा आयात भएका मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस सुरु गरेको छ । आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस सुरु गरेको हो । नेपालमा चोरी पैठारी तथा अवैध रूपमा भित्रिने मोबाइल सेटहरूको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

यो प्रणाली लागू भएसँगै नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । यदि दर्ता नभएको खण्डमा ती मोबाइल सेट नेपालमा चल्दैनन् । यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वतः चल्नेछन् भने प्रणाली लागू हुनुभन्दा पछिका सबै मोबाइल दर्ता गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!