हिपमत डटकम

बिहिबार, भाद्र ३०, २०७९ || 1959  पटक पढिएको

नेपाल टेलिकमले दार्चुलाको विकट क्षेत्र छाङरुमा फोरजी सेवा सुरु गरेको छ । टेलिकमले बुधबार दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ गरेको हो ।

 

त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकाको छाङरुमा टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर फोरजी सेवा सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्त शोभन अधिकारीले जानकारी दिए । योसँगै टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ ।

फोरजी सेवाका लागि टेलिकमले दार्चुलाको महाकाली नगरपालिकाको न्यु बालाशिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्ममा इक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको प्रवक्ता अधिकारीले बताए । ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!