मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका-४ तल्लो घाँसास्थित सडकमा ग.१ ख ४१७७ नम्बरको ट्रक आफैं अनियन्त्रित भई पल्टिएर बुधबार दिउँसो दुर्घटना हुँदा ट्रक चालक सोलुखुम्बु घर भएका २९ वर्षीय कुमार तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
त्यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका-३० शिशुवा चोकस्थित सडकमा ग.१ ख ६८३० नम्बरको माईक्रो बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-३१ मोहरिया बस्ने ७८ वर्षीया देवकला बन्जराको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी चितवन जिल्लाको भरतपुर महानगरपालिका-२ शहिदचोकमा ना.१ ज ८०१९ नम्बरको म्याजिकले ना.५३ प ५०५० नम्बरको मोटरसाइकललाई गत सोमबार ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका-१६ ब्रहमपुर बस्ने ४० वर्षीया सिता पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गभीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर हुँदै नेपाल मेडिसिटी अस्पताल ललितपुरमा थप उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो । म्याजिक चालकलाई प्रहरलीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी गोरखा जिल्लाको गोरखा नगरपालिका-१३ भडारी भिरस्थित सडकमा ग.२ च २२९१ नम्बरको बोलेरो जिप र बा.५६ प २४०८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ बतासे बस्ने १८ वर्षीय आशिष बसेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिम्केश्वरी स्वास्थ चौकी तनहुँ हुँदै पुरानो मेडिकल कलेज चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।