हिपमत डटकम

बुधबार, भाद्र २९, २०७९ || 688  पटक पढिएको

नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले भाषासम्बन्धी ऐन निर्माण गर्न प्रतिनिधि सभाको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै तामाङले भने– ‘नेपालको संविधानमा भाषासम्बन्धी व्यवस्थाका लागि आवश्यक भाषा ऐन निर्माण गर्न हामीले अहिलेसम्म कुनै पहल गरेनौँ । भाषा आयोगका अध्यक्ष स्वयंले एक कार्यकाल पुरा गरेर धेरै सुझाव दिनुभएको छ ।’

तामाङले धारा ६ मा नेपालमा बोलिने मातृ भाषाहरू राष्ट्र भाषा हुने, धारा ७ (२) मा प्रदेशका बहुसङ्ख्यक जनताले बोल्ने अन्य राष्ट्र भाषालाई प्रदेश कानुन बमोजिम सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने, धारा ३१ (५) मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने, धारा ३२ (१) प्रत्येक व्यक्ति र आफ्नो समुदायलाई आफ्नो भाषा प्रयोग हुने हक हुने तथा धारा ५१ ग (७) मा बहुभाषिक नीति अवलम्बन गर्ने भनिएको स्मरण गराए । यसको कार्यान्वयन लागि भाषासम्बन्धी ऐन अति आवश्यक रहेकोमा उनले जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!