हिपमत डटकम

बुधबार, भाद्र २९, २०७९ || 2494  पटक पढिएको

माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ । छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित श्री राम माध्यमिक विद्यालयमा अध्ययनरत ती छात्रालाई साइकल प्रदान गरिएको हो ।

 

नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ मा नामाङ्कन गराएर अध्ययन गर्ने छात्रालाई विसं २०७६ देखि नै साइकल प्रदान गर्दै आएको छ । नगरप्रमुख हरिप्रसाद मण्डलले साइकल प्रदान गर्दै साइकलले छात्राहरूमा आत्मविश्वास बढाउने र पढाइमा उत्प्रेरित गर्ने बताए। उनले भने, “यो कार्य महिला सशक्तीकरणकै एक महत्वपूर्ण पाटो हो । ”

साइकल पाएपछि छात्राको विद्यालय उपस्थितिमा नियमितता बढेको विद्यालयका शिक्षक श्रीष मिश्रले बताए । “साइकल पाएका छात्रा हम्मेसी विद्यालय आउन छुटाउँदैनन्”, उनले भने, “पढाइमा पनि छात्राले मेहनत बढाएका छन् ।”

मटिहानी नगरपालिका भए पनि अधिकांश ग्रामीण परिवेशका बस्ती छन् । यहाँका विद्यालयमा पढ्ने छात्रा अधिकांश दलित, जनजाति समुदायका गरिब परिवारका छन् । यिनीहरूका लागि पठनपाठनमा साइकल निकै सहयोगी बनेको अभिभावकहरूको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!