बिहिबार, फाल्गुण २२, २०७६ || 963  पटक पढिएको

कोरोना (कोभिड १९) भाइरसका कारण कच्चा पदार्थको मूल्य बढ्दा र आपूर्ति असहज हुँदै गएकाले नेपाल औषधि उत्पादक संघले सरकारसमक्ष औषधिको मूल्य समायोजन गर्नुपर्ने प्रस्ताव पठाएको छ ।
संघले अघिल्लो शुक्रवार औषधि व्यवस्था विभागलाई अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बताउँदै नेपालमा औषधिको नयाँ मूल्य निर्धारण गर्नुपर्ने पत्र पठाएको हो । औषधिको मूल्य सरकारले तोक्ने भएकाले मूल्य निर्धारण समितिलाई सक्रिय पार्न संघले अनुरोध गरेको हो ।
नेपाली औषधि उत्पादकहरूका अनुसार कोरोनाका कारण पछिल्लो समय आपूर्ति शृंखला (सप्लाई चेन) मा अवरोध आएकाले कच्चा पदार्थको मूल्य भारतमा ७० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । नेपाली उत्पादकले अधिकांश औषधिजन्य कच्चा पदार्थ भारतबाट ल्याउने भएकाले त्यहाँ हुने मूल्य उतारचढावले नेपाली बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।
त्यसमाथि भारतले मंगलवारदेखि प्यारासिटामोल, एन्टिकोल्ड ट्याब्लेट, अत्यावश्यक औषधि र औषधिजन्य कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाएकाले नेपालमा औषधि उत्पादन र आपूर्तिमा अवरोध आउने देखिएको छ ।
कच्चा पदार्थमा ७० प्रतिशतभन्दा बढी भारतमा आश्रित नेपाली उद्योग भारतले औषधि र कच्चा पदार्थको निर्यात नै रोकेकाले यसबाट नराम्ररी प्रभावित हुने उत्पादकहरू बताउँछन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!