हिपमत डटकम

मंगलबार, भाद्र २८, २०७९ || 2526  पटक पढिएको

नेपाल सद्भावना पार्टीले सरिता गिरीको बारेमा बुधबार निर्णय गर्ने भएको छ । गिरीले एक महिनामै पार्टी छाडे पनि नेपाल सद्भावना पार्टीलाई यसबारे आधिकारिक जानकारी छैन ।

सरिता गिरीले पार्टी छाडेको जानकारी सञ्चारमाध्यमबाट मात्र प्राप्त भएको नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले बताए । मंगलबार रातोपाटीसँग उनले भने, ‘सरिता गिरीले सद्भावना पार्टी छाडेको आधिकारिक जानकारी आएको छैन, सञ्चारमाध्यमबाट नै हामीले जानकारी पाएका हौं, त्यसको बारेमा भोलि हामीले निर्णय गर्दैछौं ।’

नेपाल सदभावना पार्टीले बुधबार बैठक बोलाएको छ । बैठकमा सरिता गिरीको बारेमा पनि छलफल हुने र आवश्यक निर्णय लिने महतोको भनाइ छ । महतोका अनुसार सरिता गिरीले पार्टीको अध्यक्ष पद माग गरेकी थिइन् । उनको माग पूरा गर्न सम्भव नरहेको भन्दै उनले सोही कारण गिरीले पार्टी छाडेको हुनसक्ने बताए ।

महतोका अनुसार नेपाल सद्वभाना पार्टीमा आउनुअघि छलफल हुँदा नै सरिता गिरीले आफू पार्टीको केन्द्रीय सदस्यमा बस्ने सहमति जनाएकी थिइन् । तर पछि उनले पार्टीको अध्यक्ष माग्न थालेको अध्यक्ष महतोको दाबी छ ।

पार्टीको केन्द्रीय सदस्य भएर नै बस्ने सहमति गरेर आउने व्यक्तिले पार्टीको पहिलो बैठकमै अध्यक्ष दाबी गरेपछि कसैले स्वीकार गर्न नसक्नु स्वाभाविक भएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!