हिपमत डटकम

सोमबार, भाद्र २७, २०७९ || 1239  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका ७ स्थित आदर्श माध्यमिक बिधालयमा बिधार्थि हरु संग विभिन्न बहनामा रकम लिने गरेको खुलासा भएको छ । नेपाल सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने र सरकारी बिधालयमा पठनपाठन गर्ने बालबालिकालाई कक्षा १ देखि १२ सम्म निशुल्क शिक्षा दिने भनेर कागजी पानामा धाेषणा गरेकाे भनिएता पनि व्यवहारमा भने लागू हुन सकेकाे छैन ।

सरकारी बिधालयमा घरकाे आर्थिक अवस्था कमजोर भएको र दुई छाक टार्न समस्या पर्ने घरपरिवारका बालबालिकाहरु सरकारी बिधालयमा अध्यरत गर्दे आईरेका छन । उक्त बिधालय मा कक्षा ६ देखि १० सम्मका बिधार्थिहरु संग मासिक रुपमा ५० रुपैयाँको दरले बार्षिक ७ सय रुपैयाँ परिक्षाकाे समय पारेर एक मुष्ट लिने गरेकाे पाईएकाे छ ।

बिधालयले भाद्र २१ गतेकाे रसिदमा सहयोग भन्दै २ सय ५० रुपैयाँ लिएर बिधार्थिलाई रसिद दिएकाे छ । बिगतका दिनहरु मा माध्यमिक कक्षा सन्चालन गर्ने का लागि समस्या परेकाे समयमा शिक्षक राख्नका लागि बिधार्थिहरु काे सहयोगमा बिधालय सन्चालन समेत हुदै आएको थियो ।

तर बिगत १ बर्ष देखि उक्त बिधालयमा शिक्षककाे माग अनुसार पदपूर्ति भएता पनि अहिले पनि बिधार्थिहरु संग रकम उठाउन छाडेका छैन ।
नगरपालिकाकाे शिक्षा शाखा प्रमुख रबिन्द्र पंण्डित संग बिधार्थिहरु संग रकम लिएको बिषयमा जानकारी लिदा उनलेे भने बिधालयले परीक्षाकाे समयमा बिधार्थि संग कुनै पनि बहानामा शुल्क नलिन निर्देशन दिएकाे बताए । अभिभावकहरु काे निर्णय भएको हुनाले सहयोग स्वरुप लिएको हुन सक्ने पंडित ले बताए ।

बिधालयका प्रधानध्यापक अर्विन मंण्डल संग साे काे बिषयमा जानकारी लिन खाेजदा उनलेे भने बिधालय तिर आएर कुरा गर्नु भन्दै पंछिन समेत खाेजेका छन । यसरी सरकारी बिधालयमा अतिविपन्न परिवारका छाेरा छाेरीहरु लाई सहयोग भन्दै बिधालयले रकम असुली गर्नु कति काे उचित हुन्छ त ? साे बिधालय मा कक्षा ६ देखि १० सम्म ३ सय २८ जना बिधार्थि हरु संग यसरी रकम असुली गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!