हिपमत डटकम

सोमबार, भाद्र २७, २०७९ || 1211  पटक पढिएको

सिरहा । सिरहा जिल्लाको सखुवानान्करकट्टी गाउँपालिका-५ महेशवारी चोकस्थित सडकबाट नियन्त्रित लागूऔषधी नाईट्राभेट २८ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ३८ ट्याब्लेट र ९ एमएम पेस्तोलको गोली १ थान सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लक्ष्मीपुरपतारी गाउँपालिका-५ घर भई लहान नगरपालिका-५ बस्ने २५ वर्षीय अब्दुल मरासिकी र उदयपुर त्रियुगा नगरपालिका-४ घर भएका ४१ वर्षीय ध्रुब बुढाथोकी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले स.११ प ५७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध र गोली फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!