हिपमत डटकम

सोमबार, भाद्र २७, २०७९ || 1033  पटक पढिएको

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक मध्यएसियाको भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् । सीले एक महिनापछि माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली चिनियाँ नेताको रूपमा आफ्नो स्थान पक्का गर्न तयार छन् ।

कोभिड १९ महामारीको सुरुवातपछि उनको पहिलो विदेश भ्रमणले सी चीनमा सत्तामा आफ्नो पकडको बारेमा कत्तिको विश्वस्त छन भन्ने देखाएको विज्ञहरुको भनाइँ छ ।

कजाकिस्तान र क्रेमलिनका अनुसार सी बुधवार कजाकिस्तानको राजकीय भ्रमणमा जाँदैछन र त्यसपछि उज्बेकिस्तानको पुरातन सिल्क रोड शहर समरकन्दमा सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पुटिनसँग भेट गर्नेछन् ।

पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले पुटिनले शिखर सम्मेलनमा सीसँग भेट्ने अपेक्षा गरिएको गत साता बताएका थिए । रुसी प्रशासन क्रेमलिनले वार्ताबारे थप विवरण दिन अस्वीकार गरेको छ । चीनले सीको भ्रष्ण योजनाको पुष्टि गरेको छैन ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!