हिपमत डटकम

आइतबार, भाद्र २६, २०७९ || 1191  पटक पढिएको

बर्दिया । नकबजनी चोरी तथा जबरजस्ती उद्योग चोरी मुद्दाका फरार प्रतिवादी बारबर्दिया नगरपालिका-२ बस्ने अर्जुन थारुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत गुलरियाको २०७८ मंसिर १ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना र जबरजस्ती चोरी उद्योग मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दियामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!