अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रेखा थापाले स्क्रिन साझेदारी गरेको चलचित्र ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माणको तीन वर्षपछि प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ । सविन र रेखा दुवै एक्सन अवतारमा प्रस्तुत छन् । यी दुईको प्रेममा आउने उतार-चढावमा चलचित्र केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । तर, ट्रेलरमा चलचित्रको मेकिङ क्वालिटी कमजोर देखिएको छ ।आउँदो बैशाख २६ गते प्रदर्शन मिति घोषणा गरिएको चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।

चलचित्रमा अभिनेता सरोज खनाल खलपात्रको भूमिकामा छन् । उनी पहिलो पटक चलचित्रमा नकारात्मक भूमिकामा देखिन लागेका हुन् । अभिनेत्री रेखा थापासँग काम गर्ने इच्छा भएका कारण पनि चलचित्रमा आफूले खलपात्रको भूमिका निभाउन राजी भएको खनालले बताए । मदन कस्यप घिमिरेको छायांकन रहेको चलचित्रमा दिल श्रेष्ठको पनि प्रमुख भूमिका छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री रेखाले सविनको आग्रह नकार्न नसकेर ‘हिरो रिटर्न्स’ मा काम गरेको बताइन् । चलचित्रको कथावस्तु र आफ्नो भूमिका पनि मन परेको उनको भनाई छ ।

उनी १८ वर्ष अगाडि चलचित्र ‘हिरो’ बाट अभिनेत्रीको रुपमा नेपाली चलचित्रमा भित्रिएकी थिइन् । ‘हिरो रिटर्न्स’ मा प्रस्तुतकर्ता रहेका सविनले चलचित्र प्रदर्शनमा आउन ढिलाइ भए पनि प्रतिक्षाको फल मिठो हुने बताए । उनी चलचित्र उत्कृष्ट बनेको दाबी गर्छन् । चलचित्रमा सुलेमान शंकर (इकु), सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठलगायतको पनि अभिनय छ । चन्द्र गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने र चन्द्र न्यापाने निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!