समुन्द्र भट्टको निर्देशन रहने फिल्म ‘गुलाबी’ शुभ–मुर्हूत गरिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सित बराह मन्दिरमा मुहूर्त गरिएको फिल्म केही दिनपछि छायांकन सुरु हुने निर्माण युनिटले जनाएको छ । छायांकन अघि फिल्मको धम्पुसमै वर्कसप हुनेछ । फिल्ममा नाजिर हुसेन, सुशील सिटौला, सञ्जिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ लगायत कलाकारको अभिनय रहेनछ ।
समुन्द्रकै कथामा बन्न लागेको फिल्ममा पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसेनले तयार पारेका हुन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टले अनुपम फिल्मसँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्मको छायांकन आलोक शुक्लाले गर्दैछन् । भद्र भुजेल एसोसिएट निर्देशक रहने फिल्मको निर्माण व्यवस्थापकमा यम वली हुन् । निर्देशक भट्टले यसअघि ‘आधा पेज’ नाम फिल्म निर्देशन गरेकी थिइन् ।