हिपमत डटकम

शनिबार, भाद्र २५, २०७९ || 7002  पटक पढिएको

विराटनगर । अप्पन विराटगढको परोपकार समाजको संयोजनमा विराटनगरमा आयोजना गरिएको जितिया पर्व समारोहको ११ औं संस्करण भब्यरुपमा सम्पन्न भएको छ ।

विराटनगरस्थित महेन्द्र मोरङ कलेज परिसरमा आयोजना गरिएको समारोहमा हजारौ सर्वसाधारण सहभागि भएका छन । पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले सांस्कृति नृत्य तथा गीत प्रस्तुत गरे ।

सो अवसरमा बोल्नुहुँदै पुर्व प्रधानमन्त्री ओलीले मिथिलाको प्राचिन भुमि बिद्धानहरुको प्रादुर्भाव भएको क्षेत्रकोरुपमा स्थापित रहेको बताउनुभयो । ओलीले मिथिला,भोजपुरा र विराट क्षेत्र ऐतिहासिकता र पौराणिकतासंग जोडिएको क्षेत्र रहेको बताउनुभयो ।

उहाँले विश्वभरि शिक्षाको ज्योति फैलिन नसकेकै अवस्थामा मिथिला भुमिमा शास्त्रार्थ हुने गरेको बताउनुभयो । अध्यक्ष ओलीले धर्मसंस्कृतिको रक्षा गर्न सकेमात्र धर्मले समेत रक्षागर्ने भएकाले धर्मसंस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले जितिया पर्व पौराणिक कालमा शुरु भएको र पछिल्लो समय सबै समुदायमा बिस्तार हुँदै गएको बताउनुभयो । सो क्रममा ओलीले समाजका अगुवा, विद्वान,पत्रकार सहित विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तीत्वहरुलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा मिथिला क्षेत्रका चर्चित गायक आभाष लाभ,विरेन्द्र झा सहित विभिन्न विद्यालयका बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए । जितिया पर्वको संरक्षण सहित महिला शसक्तिकरणको उद्धेश्यले विगत ११ बर्षदेखी निरन्तर जितिया पर्व आयोजनागर्ने गरिएको आयोजक संस्थाकी अध्यक्ष बसुन्धरा झाले जानकारी दिनुभयो ।

कार्यक्रममा मैथिली अनलाइनले मिडिया पार्टनरको भुमिका निर्वाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!