हिपमत डटकम

शनिबार, भाद्र २५, २०७९ || 3550  पटक पढिएको

उत्तर कोरियाको आणविक अडान “शान्तिको लागि खतरा“ भएको फ्रान्सले टिप्पणी गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले उत्तर कोरियाको आणविक हमला को तयारीलाई “अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र सुरक्षाको लागि खतरा“ भएको टिप्पणी गरेका हुन् । उत्तर कोरियाले शुक्रबार आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको थियो ।

त्यसअघि उसले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको थियो । देशका नेता किम जोङ–उनले निर्णयलाई “अपरिवर्तनीय“ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गर्दै उत्तर कोरियाले बारम्बार आफ्ना छिमेकीहरूलाई आणविक धम्की दिँदै आएको छ । किमले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्तापछि सन् २०१९ मा लामो दूरीको हतियार प्रक्षेपण र आणविक परीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!