हिपमत डटकम

शनिबार, भाद्र २५, २०७९ || 3283  पटक पढिएको

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज शनिबार दुई खेलहरू हुँदैछन् । नेपालमा जारी प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा पाकिस्तानले बंगालदेशसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै पाकिस्तान सेमिफाइनल यात्राका लागि आफूलाई बलियो पार्ने योजनामा छ ।

पाकिस्तानका लागि पहिलो जित पनि हुनेछ । पहिलो खेलमा पाकिस्तान भारतसँग ३–० पराजित भएको थियो । यता पहिलो खेलमा माल्दिभ्सलाई हराएको बंगलादेश भने लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

यस्तै अर्को खेलमा साबिक विजेता भारतले माल्दिभ्ससँग खेल्नेछ । यस खेल ५ः३० बजे सुरु हुनेछ । भारत आज जित निकाल्दै सेमिफाइनल यात्राका लागि आफूलाई बलियो बनाउने योजनामा हुनेछ । यता माल्दिभ्स भने पहिलो जितमा खोजीमा रहेको छ ।

प्रतियोतिगाको समूह ‘ए’ मा रहेको भारत र बंगलादेशले समान ३ अंक जोडेको छ । माल्दिभ्स र पाकिस्तान अंक विहीन छन् । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान छन् । भुटान र नेपालको एक–एक जितबाट ३–३ अंक छ । यता श्रीलंका भने अंकविहीन छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!