माओवादी केन्द्रबाट सिरहा १ (ख) मा प्रदेश सभा तर्फका लागि युवा नेता अभिमन्यु यादवको दावी

पार्टीमा अब बुढा पाकाहरुलाई सल्लहकारका रुपमा राखि युवाहरुको पालो दिर्नु पर्छ

राम प्रेम यादब

शुक्रबार, भाद्र २४, २०७९ || 14315  पटक पढिएको

सिरहा । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी वडा नम्बर-५ का चर्चित युवा नेता अभिमन्यु यादवले अगामी निवार्चनमा सिरहा क्षेत्र नम्बर १ (ख) प्रदेश सभा तर्फमा आफ्नो दाबि प्रस्तुत गरेका छन् । यादव नेकपा माओवादी केन्द्रबाट सिरहा क्षेत्र नम्बर १ (ख) प्रदेश सभा तर्फ आफ्नो उम्मेदवारी दिने बताए ।

बिधार्थी राजनितीबाट उदाएका नेता यादव नेकपा माओवादी पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू( क्रान्तीकारी)का केन्दिय सदस्य समेत हुन्। उनको लोकप्रियता र सहयोगी भावका कारण उनलाई उम्मेदवारी दिन जन स्तर बाट समेत दबाद बढ्दै गरेको उनका निकट व्यक्तिले हिपमत मिडियालाई जानकारी दिएका छन्।

उम्मेदवारीदाबि गरे संगै यदवले भने “मेरो उम्मेदवारी व्यक्तिगत स्वार्थको लागि नभएर जनता हितको लागि हुनेछ ।

“राजनीति पेशा होईन सेवा हो र म सेवा कार्यमा सदैव तत्पर रहेको छु । प्रदेश सभा सदस्य भएर अझै जिम्मेवारीका साथ जनाताको हितमा निरन्तर खटि रहने छु । अझ भनौ थप उर्जा र जोशजाँगरका साथ सेवालाई निरन्तरता दिनेछु । पार्टीले टिकट दिए जनताको सतप्रतिशत साथ आफुलाई हुनेमा यादव बिश्वस्त छन्।

पार्टीमा अब बुढा पाकाहरुलाई सल्लहकारका रुपमा राखि युवाहरुको पालो दिर्नु पर्नेमा यादवको जोड छ । राजनीति संगै समाज सेवामा समेत यादव सकृय रहेका छन् । कोमल मन भएका यादव समाज सेवामा समर्पित रहेका छन् । सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छाशक्ति भएकाले नै उनी समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आई रहेका छन् । यस क्षेत्रका बालबालिका देखि लिएर युवा, बृद्ध, महिला समेत हरेक जातजातिका सबै उमेर समूहका ब्यक्तिहरु माझ सामाजिक कार्य र सहयोगि मनका कारण उनी लोकप्रिय बनेका छन् ।

को हुन अभिमन्यु यादव ?

वि.सं २०५० साल चैत्र २५ गते सिरहाको साविक खरुकियाही गाबिस वडा नम्बर-६ (हाल लक्ष्मीपुर पतारी गा.पा.-५) मा जन्मेका अभिमन्यु यादव बिधार्थी काल देखि नै राजनीतिमा सक्रीय रहेका छन् । माता राम कुमारी यादव र पिता सगुन लाल यादवको चौथों सन्तान हुन । महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस बिराटनगरबाट म्याक्रोब्यालोजीमा  स्नातकोत्तर गरेका यादव यसै क्याम्पसमा बिभिन्न पदमा रहि बिधार्थी राजनिती गर्दै आईरहेको छ ।

यादब क्याम्पसका बिद्यार्थि रहँदा बिद्यार्थिहरुको असल नेताको रुपमा आफ्नो छबि बनाउन सफल भएका थिए । आफु क्याम्पस पढदा देखि नै सो क्याम्पसमा पढने र बिराटनगरमा अन्य कुनै क्याम्पस कलेज पढने बिद्यार्थीहरुको समस्या समाधान गर्ने गरेको यादवले सुनाए ।

अभिमन्यु यादवको राजनिती यात्रा ।

बि.सं. २०५२ साल देखि नेपालमा माओवादीको जन युद्ध सुरु भए संगै यादवका पिता सगुन लाल यादवले जन युद्धमा सक्रिय भएको थियो । उनी आफ्नो पिताबाट प्रभावित भई कक्षा १० पढदा देखि नै कम्युनिष्ट राजनितीमा सक्रिय भएका हुन् ।

उनी महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस बिराटनगरमा स्नातक पढाईका संग संगै राजनितीमा पुर्ण रुपले सक्रिय भयो । बि.सं. २०६८ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसका अनेरास्ववियू क्रान्तीकारीका एकाई सदस्य, बि.सं. २०६९ सालमा सोही क्याम्पसमा अनेरास्ववियू क्रान्तीकारीका एकाई सचिव, बि.सं. २०७० सालमा स्ववियु सदस्य र बि.सं. २०७० सालमा क्याम्पसका अनेरास्ववियू क्रान्तीकारीका एकाईका अध्यक्ष भई काम गरी सकेका छन् ।

त्यसैगरी बि.सं. २०७३ सालमा क्याम्पसका स्ववियु सचिव पदका लागि र बि.सं. २०७५ सालमा क्याम्पसका स्ववियु अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!