बीरेन्द्रकुमार साह

शुक्रबार, भाद्र २४, २०७९ || 14610  पटक पढिएको

बिराटनगर। आसन्न प्रदेश सभा निर्वाचनमा मोरंग क्षेत्र न -६ (ख )बाट नेकपा एमालेको तर्फवाट मैथिली सुपर स्टार बिजय कामत प्रदेश सांसदकोलागि सिफारिस भएका छन्। कामतले सयौ सुपर हिट मैथली म्युजिक भिडियोमा अभिनय गरेर दर्शकहरुको मन जितेका छन्। उनि क्षेत्र न-६ (ख )मा अत्याधिक लोकप्रिय छन्।

कामत बिराटनगर महानगर पालिका वडा न-६ का पुर्व वडा अध्यक्ष समेत हुन्। कामतको नाम नेकपा एमालेबाट प्रदेश सभा सदस्य सामानुपातिकमा सिफारिस भएसंगे कार्यकर्ताहरु उत्साहित छन्। मोरंग क्षेत्र न-६ (ख ) प्रदेश सभामा मधेशी जनताको बाहुल्यता भएकोले पनि मधेशी नेतालाई एक पटक नेकपा एमाले अवसर दिनु पर्ने एक स्थानीय नेताले बताए। उनले भने मधेशी नेतालाई टिकट दिएमा मधेश सेन्टिमेन्ट भएको धेरै भोट एमालेले पाउने थियो र एमालेलाई जित निकाल्न प्रदेश (ख ) मा निकै नै सहज हुने थियो ।

प्रदेश सांसदमा सिफारिस भएका कामतसंग हामीले यस बिषयमा बुझ्दा उनले भने मेरो नाम सिफारिस गरिदिनुहुने सम्पूर्ण कमरेडहरुलाई धन्यवाद दिन चाहन्छ। पार्टीले मलाई बिश्वाश गरेर एक पटक अवसर दिनु भयो भने यस क्षेत्रमा जित निकाल्न हामीलाई सहज हुने थियो। पार्टीले टिकट दिए पनि न दिए पनि सदैव म पार्टीको बफादार भएर काम गर्ने छु र पार्टीले खडा गरेको आधिकारिक उम्मेदवारलाई जिताउन तन ,मन र धनले सहयोग गर्ने छु।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!