रबिन्द्र बराल

शुक्रबार, भाद्र २४, २०७९ || 2221  पटक पढिएको

रंगेली। रंगेली नगरपालिकाले छाडा चौपाया तथा सडक पेटी अतिक्रमण रोक्ने सम्बन्धि सूचना निकालेकाे दुई महिना बितिसक्दा समेत त्यसकाे कुनै पनि काम कार्वाही अगाडि बडाउन सकेको छैन ।

रंगेली नगरपालिकाले साउन ५ गते आफ्नो फेशवुक पेजमा नगरकाे लेटर प्यड सहितकाे सुचना प्रकाशित गरेको थियोे । तर भाद्र २४ गते बितिसक्दा समेत नगरकाे बेवास्ताका कारण हुलाकी सडकमा दैनिकी सडक दुर्घटना निम्त्याउने सम्भावना बडदै गएकाे छ ।

खसी, बाख्रा सबै भन्दा बडि धर्मशाल टाेल, नेपाली टाेल र मुख्य बजारमा बस्ने सर्वसाधारणहरुले बिहानै ६ बजे देखि बजार तर्फ छाडिदिने गरेका छन । यसरी हुलाकी सडकमा दर्जनाै खसी बाख्रा छाेडने गरेका कारण साना तथा ठुला सवारीसाधनहरुलाई आवतजावतमा समेत समस्या हुने गरेको छ ।

नगरले सिमाक्षेत्र देखि मुख्य बजार हुदै बक्राह खाेला सम्म सडक काे दायाँबायाँ हरयाली बनाउने उद्घेश्य ले बृक्षाराेपण गरेर तारकाे घेराबेरा लगाएता पनि हुर्किदै गएकाे बिरुवाहरु भने स्थानीयले छाडेका खसी, बाख्रा ले खाईदिए पछि अहिले बिरुवा हुर्कन सकेकाे छैन । खुल्ला चाैपाया का कारणले गर्दे गाउँ घरमा समेत किसानहरुले लगाएको बालीनाली खाई हानी नोक्सानी पुग्ने हुँदा दैनिक गाउँ घरमा समेत झैझगडा हुने गरेकाे स्थानीयहरुले हिपमत मिडियालाई बताए।

नगरले यसरी ७ दिने सुचना प्रकाशित समेत गरेको थियोे ।
छाडा चौपाया तथा सडक पेटी अतिक्रमण रोक्ने सम्बन्धि सूचना । मिति २०७९/०३/०५ यस रंगेली नगरपालिका अन्तर्गत बजार क्षेत्रको सडक पेटीमा पसल व्यवसाय संचालन गर्ने तथा छाडा पशु चौपाया जथाभावी छोड़ने जस्ता कार्य गर्नाले यस नगरपालिका भित्र दिन प्रतिदिन सडक दुर्घटना, फोहोरमैला, तथा नगर क्षेत्र भित्रका सडक पेटीका विरुवा तथा किसानहरुले लगाएको बालीनाली खाई हानी नोक्सानी पुग्ने हुँदा नगर भित्रका नगरवासी तथा किसानहरु पिडित हुने लगायतका कार्यहरु बढ्दै गएको हुनाले सूचना प्रकाशन भएको मितिले ७ सात दिन भित्र कार्य पुर्ण रुपमा रोक्नुहुन यो सूचना जारी गरिएको छ । साथै त्यसरी नगर क्षेत्र भित्र छाडा चौपाया छाड्ने र सडक पेटीमा पसल व्यवसाय संचालन गर्ने व्यक्ति वा समुहलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागी अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!