हिपमत डटकम

शुक्रबार, भाद्र २४, २०७९ || 989  पटक पढिएको

कतारमा यो वर्षको अन्तिमसम्म विश्वकपका लागि मदिरा प्रतिबन्ध हटाइने भएको छ । तर, विश्वकपमा अन्य देशबाट आउने समर्थकहरुले आफ्नो देशबाट मदिरा भित्र्याउन भने पाउने छैनन् । कतारको सुरक्षा र सुरक्षा अपरेसन समितिका प्रमुख कर्नल जासिम अब्दुलराहिम अल सैयदले समर्थकहरुले कतारमा मदिरा भित्र्याउन नदिने र त्यस्तो पाएमा कारवाही हुने बताए ।

‘विमानस्थल र सुटकेसहरू मार्फत मदिरा ल्याउन अनुमति दिइने छैन । तर, कतारका सबै ठाउँहरुमा मदिरा बेचिनेछ,’ सैयदले दोहामा पत्रकार सम्मेलनमा भने । स्टेडियमहरू र वरपर तोकिएको क्षेत्रमा मदिरा उपलब्ध हुनेछ, तर समर्थकहरुले आफैं ल्याउन सक्दैनन् । विश्वकपको समयमा होटल, स्टेडियम र फ्यान जोन भित्र रक्सी खरिद गर्न पाइने छ ।

‘रंगशाला र तोकिएको क्षेत्रहरु तथा स्टेडियममा मदिराको बारेमा गलत धारणा छ । कतारमा पनि अन्य विश्वकप जस्तै सामान्य हुनेछ,’ कतार विश्वकपका प्रमुख कार्यकारी नासेर अल खाटरले भने । उनले धेरै सरल रुपमा जहिले पनि कतारमा रक्सीको बिक्री र यसलाई निश्चित क्षेत्रहरूमा उपलब्ध गराउने बताए ।

कतारमा हुने विश्वकप नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने छ । जसमा ३२ देशहरु प्रतिस्पर्धा गर्नेछ । रोयटर्सका अनुसार कतार विश्वकपमा १ दशमलव २ मिलियन दर्शकहरुले विश्वकप अवलोकन गर्नेछन्

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!