हिपमत डटकम

शुक्रबार, भाद्र २४, २०७९ || 961  पटक पढिएको

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको बताएका छन् । गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को भन्ने विषयमा विवाद हुँदा सहमति नजुटेको भन्ने आरोपमा सत्यता नरहेको प्रचण्डको भनाइ थियो । आफू प्रधानमन्त्रीको दाैडमा नरहेको र निर्वाचनपछि मत परिणामको आधारमा प्रधानमन्त्रीको टुंगो लाग्ने प्रचण्डले बताए ।

गठबन्धनमा सिट बाँडफाँटमा ठूलो असहमति नरहेको भन्दै प्रचण्डले आज भोलि नै शीर्ष नेताहरुको बैठकले सहमति जुटाउने बताए ।

प्रचण्डले विभिन्न जिल्लाबाट निर्वाचन लड्न प्रस्ताव गरिए पनि आफू चितवनबाटै निर्वाचन लड्ने बताए । चितवनका जनताको चेतना र भरोसाका कारण यहीबाट निर्वाचन जित्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!