हिपमत डटकम

शुक्रबार, भाद्र २४, २०७९ || 1167  पटक पढिएको

नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको नाबालिग बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूलाई आधारहीन आरोप लगाइएको दाबी गरेका छन् । यद्यपि कानुनको सम्मान गर्दै आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपबारे बोल्दै उनले सही अनुसन्धानमा पनि जोड दिएका छन् । उनले कानुन सबैलाई बराबर हुने पनि स्मरण गराएका छन् ।

‘म निर्दोष छु र मलाई नेपालको कानुनप्रति पूर्ण भरोसा छ’, लामिछानेको जिकिर छ । केही दिनमै आफू स्वदेश फर्किन लागेको र सबै निराधार आरोपको सामना गर्न तयार रहेको उनको भनाइ छ ।

उनले निर्दोषलाई न्यायका साथै यस सम्बन्धित सबैमा सही छानबिनको पनि माग गरेका छन् । ‘कानूनले सबैलाई समान व्यवहार गर्ने आशा छ’, उनले भनेका छन् ।

हाल नेपाल बाहिर रहेका उनले सीपीएल बीचमै छाडेर नेपाल आउने बताएका हुन् । लामिछानेमाथि १७ वर्षीया नाबालिग बलात्कारको आरोप छ ।
उनीविरुद्ध मंगलबार प्रहरीमा उजुरी परेको थियो भने बिहीबार पक्राउ पुर्जी पनि जारी भएको छ । यस्तै

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!